जागौँ ए जनता उठौँ अब बुझौँ हामिले यति
भ्रष्टाचार गरेर हुँदैन यो देशको उन्नति
जनचेतना फैलाउ सबैले हृदयमा दिप बाली
हिडौ हामीले सबै ठाउँमा भ्रष्टाचारको जालो तोडी

जताततै बेइमानी छ कहाँ बाट हुन्छ देशको उन्नति
देशमा चारैतिर भ्रष्टाचारको जालो हटाउने हो कसरी
सेवा गर्छु देशको भनी जनताको आँखा छलेछ
फेद देखि टुप्पो सम्म भ्रष्टाचारले छोपेछ

भ्रष्टाचार नै देश रित्याउने रोग रहेछ
देशमा भ्रष्टाचारको सञ्जालले सबै ठाउँमा जरा गाडेछ
भ्रष्टाचार बढ्यो देशमा सुशासन कहाँ गएछ
भ्रष्टाचार छानबिन गर्ने नै भ्रष्टाचारी रहेछ

अब हामी सबैले भ्रष्टाचार उन्मूलन गर्नै पर्छ
भ्रष्टाचारको विरुद्धमा हामी सबै जुट्नुपर्छ
हामी जनता अब एक भै जुट्नुपर्छ
नेपाल देश साँच्चै भ्रष्टाचार रहित बनाउनुपर्छ


Views: 107

