Aamsanchar

सुनको मूल्यमा गिरावट

Author Image
मङ्गलवार, असार १०, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन १७०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर