Aamsanchar

धुलाबारीको पासाङ ल्यामु स्मृति भवन अब ओझेलमा

Author Image
मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । झापाको धुलाबारीमा अवस्थित पासाङ ल्यामु स्मृति भवन कुनै समय यो क्षेत्रकै प्रमुख सभा तथा सम्मेलनस्थलका रूपमा परिचित थियो। जेसीजकर्मीहरुको अगुवाइमा निर्माण गरिएको यो भवनले विवाह, सभा, गोष्ठी लगायत थुप्रै सार्वजनिक कार्यक्रमहरूलाई स्वागत गर्दै आएको थियो।

स्थानीय बासिन्दाहरूका अनुसार, ‘एक समय यस्तो थियो, जब यो भवन धुलाबारीको गर्व थियो। तर अहिले भने यसको प्रयोग घट्दो क्रममा छ।’ स्थानीय होटल व्यवसायको तीव्र विस्तारसँगै अब यो भवन अभरको अवस्थामा मात्र प्रयोग हुन थालेको हो।

हाल धुलाबारी क्षेत्रमा ठूला–ठूला होटल र पार्टी प्यालेसहरू खुलेपछि, यस स्मृति भवनको प्रयोग तुलनात्मक रूपमा घटेको छ। प्राविधिक सुविधाको अभाव र समयअनुसारको आधुनिकीकरण नभएकाले पनि भवन ओझेलमा परेको देखिन्छ।

सम्बन्धित निकायबाट भवनको पुनरुत्थान र व्यवस्थापन सुधारका लागि पहल नहुँदा यस ऐतिहासिक स्मृति भवन बेवास्ता हुँदै गएको स्थानीयहरूको गुनासो छ।

Views: 133

प्रतिक्रिया (०)