Aamsanchar

इरानले भन्याे : कतारसँग कुनै लेनदेन छैन

Author Image
मङ्गलवार, असार १०, २०८२

एजेन्सी – इरानले कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा भएको आक्रमणको कतारसँग कुनै सम्बन्ध नभएको बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबारको आक्रमणबारे स्पष्ट पारेका हुन्। मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानको कारबाही ‘आत्म रक्षाको कदम’ भएको बताएका छन्।

“इरान कतार र अन्य छिमेकी देशहरूसँगको सम्बन्धमा आफ्नो असल छिमेकी नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध छ, उनले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, “हामी प्रतिज्ञा गर्छौँ कि इरानविरुद्ध अमेरिकीरइजरायली आपराधिक आक्रामकता र दुर्भावनापूर्ण नीतिहरूलाई हामी र यस क्षेत्रका भाइचारा देशहरू बीच फाटो ल्याउन दिने छैनौं।”

कतारले भने सोमबार अमेरिकी सैन्य अख८ाहरूमा भएको इरानी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेको छ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले कतारको सार्वभौमिकता, हवाई क्षेत्र, अन्तराष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघीय बडापत्रको गम्भीर उल्लंघन भएको बताए। कतारको वायु सुरक्षा प्रणालीले इरानी मिसाइलहरू रोकेर आक्रमणलाई विफल बनाइदिएको थियो। उक्त आक्रमणमा कुनै हताहत नभएको बताइएको छ।

 

Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर