

काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिका-१० सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

निबुवाटोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू खेल्ने क्रममा मंगलबार साँझ स्थानीय हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका थिए।

उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो। तर चिकित्सकले सवा ८ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
Views: 165

