Aamsanchar

रेखा थापाले गृहमन्त्रीलाई भेटेरै बधाई दिइन्

Author Image
मङ्गलवार, असार १७, २०८२

काठमाडौँ – नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन् । आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै नायिका थापाले मंगलबार गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् ।

थापाले गृहमन्त्रीसँग भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्,´सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादा खेरी बाबुको खोजी हुन्छ ! तर आमाको नामबाट नागरितका पाउने स्थिति बनेन अब यस्तो परिस्थितिको अन्त्य भएको छ । नेपाल सरकार एवं गृहमन्त्रीज्युलाई यो साहासिक एवं ऐतिहासिक कदमका लागी धेरै धेरै बधाई ।`

साथै नायिका थापाले नागरिकता बिहीन नेपाली नागरिकलाई बधाई दिँदै महिला अधिकारका क्षेत्रमा सुनौलो काम भएको बताइन् । आज मात्रै नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर