Aamsanchar

रवि लामिछानेको समर्थनमा चारपानेमा हस्ताक्षर संकलन

Author Image
मङ्गलवार, असार १७, २०८२

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै झापाको बिर्तामोड नगर क्षेत्रमा हस्ताक्षर सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ। रास्वपाको स्थानीय इकाइद्वारा आयोजित उक्त अभियान मंगलबार नगर क्षेत्रका चार स्थानमा सञ्चालन गरिएको हो।

अहिले चारपाने क्षेत्रमा आयोजित कार्यक्रममा नागरिकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। सहभागिहरूले लामिछानेमाथि भएको भ्रामक प्रचारप्रति असन्तुष्टि जनाउँदै उनको पक्षमा दृढ समर्थन प्रकट गरेका छन्।

पार्टीका स्थानीय नेताहरूका अनुसार, ‘राजनीतिमा नयाँपन, पारदर्शिता र जनमुखी सोच बोकेका नेताविरुद्ध गरिएको योजनाबद्ध चरित्र हत्या प्रयासको प्रतिवादस्वरूप हामी यो हस्ताक्षर अभियान सञ्चालनमा ल्याएका हौं।’

रास्वपाले हस्ताक्षर सङ्कलनसँगै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रचार-प्रसार सामग्री समेत वितरण गरिरहेको जनाएको छ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर