Aamsanchar

रुपन्देही–३ बाट इतिहास रच्ने सागर ढकालकाे घोषणा, उठ्लान् त चुनाव ?

Author Image
मङ्गलवार, असार १७, २०८२

बुटवल – रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । मंगलबार मात्रै सागर ढकालले फेसबुक स्टाटस लेख्दै रुपन्देही–३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही–३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाईं भएको उल्लेख गरेका छन् ।

उनले देशको पीडा, आंशु र आवाज बोल्न तयार भएर बस्न मतदातालाई आग्रह गरेका छन् । ‘नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ’ उनले लेखेका छन् ।गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डढेल्धुरामा पराजित ढकालले चितवन २ मा रविको ५४ हजार १७६ र काठमाडौंमा बालेनको ६१ हजार ७६७ मत आएको तथ्यांक राख्दै अब रुपन्देही–३ मा करिब ९० हजार मत रहेकोमा ६२ हजार मत पार गरी नेपालको इतिहास रच्नुपर्छ भनेका छन् ।

‘कांग्रेस, एमाले मावोवादी एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ’, ढकालले लेखेका छन्, ‘जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यी तीन पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नुपर्छ, यो रुपन्देही–३ को एक तिरले तीन पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ ।’

ढकालले रुपन्देही–३ को चनाव नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो भन्दै गएको चुनावमा मतदाताले नयाँ अनुहारहरू स्थापित गरिदिए जस्तै अब फेरि पालो आएको उल्लेख गरेका छन् । सागरले भने रुपन्देही ३ मा उनी आफू उम्मेदवार नबन्ने बताएका छन् ।

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

 

 

 

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर