

सप्तरी – सप्तरीमा यात्रुबाहक बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टीस्थित पूर्व पश्चिम राजमार्गमा सडक पार गर्दै गरेका सोही वडाका ८ वर्षीय आयन शेखलाई बसले ठक्कर दिएको थियो।

वीरगन्जबाट विराटनगरका लागि छुटेकाे को. १ ख. ५४३८ नम्बरको यात्रुबाहक बसले सडक पार गर्दै गरेका शेखलाई मङ्गलबार ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।


दुर्घटनापछि बस र बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका बडा नम्बर ५ का ४५ वर्षीय मनोरथ पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
Views: 79

