Aamsanchar

भद्रपुर ग्यालेक्सी स्कुलमा कक्षा ११ को सुरुवात : विज्ञान र व्यवस्थापन अध्ययनका लागि नयाँ गन्तव्य

Author Image
शुक्रवार, असार २०, २०८२

भद्रपुर। गुणस्तरीय शिक्षाका लागि स्थापित ग्यालेक्सी इङलिस स्कुलले यो शैक्षिकसत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने घोषणा गरेको छ । कक्षा १० सम्म उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको विद्यालयले अब प्लस टु तहमा कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषयमा अध्ययनको अवसर प्रदान गर्न लागेको हो ।

विद्यालयका सञ्चालक तथा भाइस प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार यस पटक एसइइमा ९२ प्रतिशतको सफल नतिजा ल्याएको ग्यालेक्सीले अब उच्च माध्यमिक तहमा पनि उत्कृष्टता कायम गर्ने लक्ष्य राखेको छ । “हामीले केवल पास गराउने मात्र होइन, विद्यार्थीलाई प्राविधिक र व्यवहारिक रूपमा सक्षम बनाउने शिक्षा दिन चाहन्छौं,” उनले पत्रकार सम्मेलनमा भने ।

ग्यालेक्सीले  एक कार्यक्रम आयोजना गरी २०८१ को एसईई परीक्षामा ग्रेडेड भएका विद्यार्थीहरुलाई सम्मानसमेत गरेको छ । २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएको विद्यालयले उनीहरुको मेहनतको कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवाल, सञ्चालकहरू सुनिल घिमिरे, देव गोयल, रोनक वंशल लगायतले छात्र–छात्रालाई सम्मान प्रदान गरेका थिए ।

२०७४ सालदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको ग्यालेक्सी स्कुल भद्रपुर नगरपालिकाको ९ नम्बर वडास्थित प्रणामी टोलमा अवस्थित छ । साढे छ बिघा क्षेत्रफलमा फैलिएको विद्यालयको भौतिक संरचना निकै आकर्षक र विद्यार्थीमैत्री छ । हरेक कक्षाकोठामा एसी, प्रिप्राइमरी कक्षाका लागि छुट्टै खेलमैदान, साथै फुटबल, क्रिकेट, भलिबल र बास्केटबल खेल्नको लागि आफ्नै खेलमैदान विद्यालयको विशेषता हो ।

ग्यालेक्सीमा हाल स्काउट, नृत्य, संगीत, तथा अन्य अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालनमा छन् । हालै सम्पन्न कक्षा ५ र ८ को परीक्षामा भद्रपुर नगरमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयले प्लस टु तहमा पनि प्रतिस्पर्धात्मक शिक्षा दिने विश्वास दिलाएको छ ।

विद्यार्थीको आवागमन सहज बनाउन विद्यालयले मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी, धुलाबारी, र भद्रपुरका चन्द्रगढी, ज्ञानेचोकसम्म बस सेवा समेत उपलब्ध गराएको छ ।

ग्यालेक्सी इङलिस स्कुल अब उच्च शिक्षा तहमा प्रवेश गर्दैछ—शिक्षामा नवीनता र जिम्मेवारीका साथ। विज्ञान र व्यवस्थापन अध्ययनको गन्तव्य खोज्दै हुनुहुन्छ भने, ग्यालेक्सी तपाईंका लागि उपयुक्त विकल्प हुनसक्छ।

Views: 144

प्रतिक्रिया (०)