Aamsanchar

झापामा सिटी रिक्सा दुर्घटनामा परेर दुई जनाको ज्यान गयाे

Author Image
शनिवार, असार २१, २०८२

झापा – झापामा सिटी दुर्घटनामा परेर एकै दिन दुई जनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं.१० मा सिटी रिक्सा अनियन्त्रित भएर पल्टदा सिटी चालक ३२ वर्षीय राज कडरियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार बिहान ९ बजे प्र.१–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टदा गम्भीर घाइते हुनुभएका कडिरियालाई उपचारका लागि बिएन्डसी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा नै कडरियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सिटीमा अन्य यात्रुहरू कोही पनि चढेका थिएनन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यसैगरी मेचीनगर-७ मा गत आइतबार सिटी दुर्घटनामा परेर गम्भिर घाइते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार गराइरहनु भएका ४० वर्षीय सुदीप राजवंशीको शनिबार मृत्यु भएको छ ।

प्रहरीका अनुसार मे. १ ह.६१०५ नम्बरको सिटी मेचीनगर नगरपालिका-७, पालिया टोलको भित्रि सडकमा दुर्घटना हुँदा सिटीमा सवार यात्रु राजवंशी गम्भिर घाइते हुनुभएको थियो ।

Views: 984

प्रतिक्रिया (०)

सम्बन्धित खबर