Aamsanchar

पेस्तोलसहित झापा छिर्न लागेका भारतीय नागरिक पक्राउ

Author Image
मङ्गलवार, असार २४, २०८२

झापा- भारतसँग सीमा जोडिएको झापाको काकडभिट्टा नाका हुँदै पेस्तोलसहित नेपाल छिर्न खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काकडभिट्टा प्रहरीको टोलीले भारत सिलगुडीका २५ वर्षीय प्रतीक अग्रवाललाई पक्राउ गरेको हो ।उनले चलाएको डब्लूबी ७४ एजे ०४०० नम्बरको स्कुटर जाँच गर्ने क्रममा पेस्तोल र १८ थान गोली बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार जाँचका क्रममा पेस्तोलसहित भेटिएका युवामाथि थप अनुसन्धान थालिएको छ ।

अग्रवालको साथबाट चार थान विभिन्न कम्पनीका मोबाइल समेत फेला परेको छ ।

 

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर