

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन्। मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन्।


नेपाली कांग्रेसका एक नेताका अनुसार उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन् । थाइल्याण्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ।


थापाले सामाजिक सञ्जालमा भने त्यसतर्फ गएको खुलाएका छैनन्।
Views: 82

