बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बाह्रदशी–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किएर गम्भीर दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्तिको भने घटनास्थलमै मृत्यु भए पनि उनको पहिचान खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारी साधनहरूमा बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर रहेका छन्। दुर्घटनापछि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 274

