बिर्तामोड, झापा ।
बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विज्ञान तथा प्रविधि संकायअन्तर्गत बिसिए दोस्रो सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा क्याम्पस प्रमुख डा। रुपकप्रसाद खनाल प्रमुख अतिथिका रूपमा सहभागी भए। बीबीए कार्यक्रमका को–अर्डिनेटर शेखर पाण्डे, बिसिएरएमबिए कार्यक्रमका को–अर्डिनेटर बिमल राजवंशी तथा अनुसन्धान विभाग प्रमुख नीलम संग्रौला विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहे।

रक्तदान कार्यक्रमको सञ्चालन बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी युनिक श्रेष्ठ, दीपक खनाल, इच्छा केरुङ, आविष्कार दुलाललगायतका विद्यार्थीहरूले गरेका थिए।


क्याम्पस प्रशासनका अनुसार ६ जना प्राध्यापक, १ जना कर्मचारी र ४६ जना विद्यार्थीले रक्तदान गरेका हुन्।
कार्यक्रममा महाविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

