Aamsanchar

‘रिभोलुसन एजुकेशन’ अब बिर्तामोडमा

Author Image
शनिवार, असार २८, २०८२

बिर्तामोड। विदेशी क्याम्पसमा शिक्षा आर्जन गर्ने चाहना बोकेका पूर्वका विद्यार्थीहरूका लागि  शैक्षिक परामर्शदाता  रिभोलुसन एजुकेशनले  बिर्तामोड बिर्तामोड बाट परामर्श सेवा सुरु गरेको छ ।

रेव एजुकेशन प्रालि द्वारा सञ्चालित रिभोलुसन एजुकेशनले आफ्नो पाँचौं शाखा बिर्तामोडमा विस्तार गर्दै शुक्रबार एक औपचारिक समारोहका बीच सेवा शुभारम्भ गरेको हो। सन् २०१४ मा काठमाडौँको महाराजगञ्ज चक्रपथबाट सुरु भएको यो संस्थाले हाल काठमाडौँको बागबजार, धनगढी, बुटवलमा सेवा दिँदै आएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले साना गल्ती पनि ठूलो नतिजा ल्याउन सक्ने भन्दै शैक्षिक परामर्श सेवामा उच्च मापदण्ड र विश्वास कायम राख्नुपर्नेमा जोड दिए। “विदेश पुगेका छोराछोरीसँग अभिभावकले काम मात्रै होइन, शिक्षा र स्वास्थ्यबारे पनि बुझ्न जरुरी छ,” उनले भने।

कार्यक्रममा अष्ट्रेलिया, अमेरिका, बेलायत र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि उपलब्ध परामर्श सेवाबारे विस्तृत जानकारी दिइयो।
मनोरञ्जनात्मक छटामा कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनिल खड्काको हास्यव्यङ्ग्य प्रस्तुतीले दर्शकको तालि बटुले।

कार्यक्रमको अध्यक्षता रिभोलुसनका प्रवन्ध निर्देशक आशिष रायमाझीले गरेका थिए, जो इक्यानको केन्द्रीय सदस्य समेत हुन्।
इक्यान झापा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य दिएका थिए भने, कार्यक्रमको सञ्चालन नवगठित बिर्तामोड शाखाका सिइओ सन्दीप ओलीले गरेका थिए।

रिभोलुसन एजुकेशनले अब बिर्तामोडबाटै पूर्वका विद्यार्थीलाई मार्गदर्शन गर्दै उनीहरूको अन्तर्राष्ट्रिय शिक्षा यात्रामा साथ दिनेछ।

Views: 115

प्रतिक्रिया (०)