Aamsanchar

लिङ्देनकाे निर्णय विरूद्ध नवराज सुवेदीद्वारा निर्वाचन आयोगमा उजुरी

Author Image
आइतवार, असार २९, २०८२

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिनुभएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गर्नुभएको थियो । त्यो निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीसहित सुवेदी आज निर्वाचन आयोगमा पुग्नुभएको हो ।

आयोगमा उजुरी दिएपछि नेता सुवेदीले पार्टीको निर्णयविना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिनुपरेको प्रतिक्रिया दिनुभएको छ । उहाँले राजसंस्था पुनर्स्थापनाको आन्दोलन निरन्तर रहेको पनि दाबी गर्नुभयो ।

 

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर