

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएर नफर्किएको भन्ने विषयमाथि छानबिन गर्न संसदमा माग उठेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यस माथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।

उनले किन संसदीय छानबिन समिति गठन गर्न सरकार डराएको रु भन्दै प्रश्न समेत गरे। उनले भने,‘भर्खरै प्रधानमन्त्रीसँग भ्रमणमा गएका,उनीसँग नगए पनि उहाँको कार्यक्रममा जाने भनेर गएकाहरू मान्छेहरू फर्किएका छैनन् भन्ने पुष्टि भइसक्यो,यसको छानबिन गरौँ,संसदीय छानबिन बनाउन यो सरकार किन डराएको होरु,छानबिन समितिको हामी माग गर्छौँ।’


Views: 76

