

काठमाडौं – काठमाडौं महानगरपालिकाले आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।

आज नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले आव २०८२/८३ को लागि उक्त रकम पेस गरेकी हुन्।

उनले भनिन्,‘महानगरको नीति तथा कार्यक्रमलाई साकार पार्न २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य व्यायाभर हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रकमको अनुमानित रकम पेस गर्न चाहान्छु।’

Views: 109

