Aamsanchar

आजको माैसम: केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Author Image
बिहिवार, साउन १, २०८२

काठमाण्डौ – आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी भू-भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएराति देशभर कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२