Aamsanchar

अमेरिकामा ७.३ म्याग्निच्युडको भूकम्प, सुनामीकाे चेतावनी

Author Image
बिहिवार, साउन १, २०८२

बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण ९युएसजिएस० ले बताएको छ।

भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे ९२०ः३७ जिएमटी० गएको थियो। यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल ९८७ किलोमिटर० दक्षिणमा अवस्थित थियो। भूकम्पको केन्द्रविन्दु १२।५ माइलको गहिराइमा रहेको थियो।

अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए तर पछि यसलाई सुनामी सल्लाहमा घटाए र त्यसपछि यसलाई पूर्ण रूपमा फिर्ता लिए।

´दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छु, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी)ले भन्यो।

युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी परकम्पनहरूको समूह आएको थियो। तीमध्ये सबैभन्दा ठूलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो। सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ।

स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट ९६.१ सेन्टिमिटर० उचाइको सुनामी अवलोकन गरिएको थियो। तैपनि, एनटिडब्लुसीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई खतराहरूप्रति सचेत रहन सल्लाह दिएको छ। ´स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोबास नगर्नुहोस्`, एनटिडब्लुसीले भनेको छ। अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ।

सन् १९६४ मार्चमा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो। यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो। उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो। भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो।

सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प पछि कुनै ठूलो क्षति भएको रिपोर्ट गरिएको थिएन।

Views: 503

प्रतिक्रिया (०)

सम्बन्धित खबर