Aamsanchar

सीरियामा सेना परिचालन गर्ने निर्णय

Author Image
शनिवार, साउन ३, २०८२

सिरियामा ड्रुज र बेदुइन जातिबीचको लडाइँ उत्कर्षमा पुगेपछि हिंसा रोक्न थप सेना परिचालन गरिने भएको छ। सिरियाको राष्ट्रपति कार्यालयले दक्षिणी सीरियामा सेना परिचालन गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ।

सिरियामा गत आइतबार शुुरु भएको जातीय हिंसामा ६०० मानिसको मृत्यु भइसकेको छ। हिंसामा सरकारले बेदुइन जातिको पक्ष लिएको र ड्रुज समुदायका व्यक्तिहरुमाथि सोधपुछबिनै गोली चलाएको आरोप छ। बेलायतमा कार्यालय रहेको सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले हिंसामा लडाकुदेखि आम सर्वसाधारण नागरिक मारिएको बताएको छ। यो हिंसा जारी रहँदा इजरायलले बुधबार सुवैदा र सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सीरियाको दक्षिणी शहर स्वेइदामा पछिल्ला दिनमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै छिटो र पारदर्शी छानबिनको माग गर्नुभएको छ । सिरियामा झडपमा हालसम्म करिब ६ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

 

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर