Aamsanchar

‘कोरा साइक्लिङ च्यालेन्ज’ झापामा पहिलोपटक, ऐतिहासिक स्थलहरूको परिक्रमासहित समापन

Author Image
शनिवार, साउन ३, २०८२

झापा – झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ। नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गरिएको थियो।

भद्रपुर साइकल समाज झापाको आयोजनामा प्रथम संस्करणको ‘कोरा साइक्लिङ च्यालेन्ज’ आज बिहान ६स्१५ बजे मेची रंगशाला अगाडिबाट सुरु भई पुनः रंगशालामा आएर १० बजे समापन गरिएको थियो। ५० किलोमिटरको ‘कोरा साइक्लिङ च्यालेन्ज’ बालबालिका, महिला तथा पुरुष गरी दुई सय भन्दा बढीको सहभागिता रहेको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए।

भद्रपुरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्दै गरिएको साइकल यात्राले नगरको पर्यटकीय सम्भावना बोकेको स्थलहरू र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने उद्देश्यले साइक्लिङ च्यालेन्ज आयोजना गरिएको श्रेष्ठको भनाई छ। ‘यो आध्यात्मिक यात्रा थियो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो,’ उनले भने।

भद्रपुर नगरपालिकालगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रममा पछि समापन कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति थियो। समापन कार्यक्रममा अग्रज साइकल यात्री भद्रपुर– ५ निवासी मनोजकुमार सिंहलाई सम्मान गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

 

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर