Aamsanchar

तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्याे

Author Image
आइतवार, साउन ४, २०८२

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर