

काठमाडौं- सेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले सेयर कारोबारी अग्रवालविरुद्ध उजुरी परेपछि आज नियन्त्रणमा लिएको जानकारी दिए।


उनीविरुद्ध दिनेश प्रताप शाहले ६ करोड ४५ लाख ठगी गरेको प्रहरीमा उजुरी दिएका छन्। विभिन्न व्यक्तिहरूको नामबाट एक आपसमा सेयर किनबेच गर्ने,कृतिम रुपमा मूल्य बढाउने र बढेको मूल्यमा सेयर बिक्री गरेर अरुलाई फसाउने गरेको आरोप उनीमाथि छ।

Views: 96

