

रौतहट – जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा सिँचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ।
स्थानीय तुलसी मुखियाका करिब ४० वर्षीय छोरा रामबाबु मुखियाको बुधबार बिहान पौने ८ बजे आफ्नै खेतमा मोटर जडान गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

मोटरको तार सन्चालन गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।

तर,उपचारका क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताए।

Views: 97

