

जनकपुरधाम- नेपालको सिमासँगै जोडिएको भारतस्थित मैनाथपुर बोर्डरमा सशस्त्र प्रहरीले चार राउण्ड गोली चलाएको छ । धनुषा जिल्लाको मैनाथपुर सिमावर्ती क्षेत्रसँग जोडिएको भारत विहार राज्यअन्तर्गतको मधुवनी जिल्ला ग्रामपञ्चायत- ६ मैनाथपुर सिमामा भारतीय एसएसबीले चार राउण्ड गोली चलाएको हो ।

मैनाथपुर सिमा क्षेत्रबाट किसानहरूले प्रयोग गर्ने खाद्य ल्याउने विषयमा भारतीय सशस्त्र प्रहरीसँग भएको विवाद पश्चात एसएसबीले चार राउण्ड गोली चलाएको हो ।

भारतीय व्यापारी लामोहन पासमानसँग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन भारतीय एसएसबीको गोली चलाउँदा भर्ता पासमानको दाहिने कम्मरमा गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै नेपाली सुरक्षाकर्मी अधिकारीले जानकारी दिए ।
भारतीय एसएसबीले सुरक्षा अवस्था नियन्त्रणमा लिन चलाएको ४ राउण्ड गोलीमध्ये दुई राउण्ड गोली भर्ता पासमानको कम्मरमा लागेको हो । हाल नेपालस्थित विदेह नगरपालिका -१ स्थित महिनाथपुर सिमा र भारतस्थित बोर्डर बन्द गराइएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।
साथै नेपालबाट भारत तथा भारतबाट नेपाल आउने सर्वसाधारणमा आवत–जावतमा समेत रोक लगाइएको सशस्त्र प्रहरी बल महिनाथपुरले जनाएको छ ।


