Aamsanchar

बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेर २६ वर्षीय युवकको मृ*त्यु

Author Image
बुधवार, साउन ७, २०८२

मोरङ- कटहरिमा बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लाग्दा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।

 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको चुँडालले जानकारी दिइन्।

Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर