Aamsanchar

धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न हर्क साम्पाङकाे माग

Author Image
बुधवार, साउन ७, २०८२

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको धरानको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गरेका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै साम्पाङले नगरपालिकाको जग्गा लैजान नपाउने भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने भन्दै पत्र पठाएका हुन् ।

मेयर साम्पाङले पठाएको पत्रमा भनिएको छ, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमाभुलेर अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी अस्पतालको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला ।’

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर