

काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल पठाइएको हो ।

राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमाटर्ममका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।


पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ । मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ ।
करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् ।
Views: 125

