Aamsanchar

हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा

Author Image
शुक्रवार, साउन ९, २०८२

फिदिम- बाढीले क्षति पुर्‍याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा आएका छन् ।
सडक डिभिजन इलामले डाइभर्सनको मर्मतपश्चात् सडक सञ्चालनमा ल्याएको हो ।

हेंवा खोलामा आइतबार बिहान आएको बाढीले त्यहाँ राखिएका पेन स्टक पाइप पुरेसँगै सडक अवरुद्ध थियो ।

पाँचदिनको प्रयासपश्चात् खोलामा थुप्रेका ढुङ्गा र बालुवा झिकेर सरसफाइ गरेसँगै शुक्रबार बिहानैदेखि निरन्तर यातायात र ढुवानीका साधन चल्न थालेको सडक डिभिजन इलामका हेंवा खोलास्थित सुपरभाइजर डम्बर मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार हेंवा खोलामा पानीकोे सतह घटेको छ । थप पानी परेर बाढी नआउन्जेल अब यहाँ सडक अवरोध हुनेछैन ।

हेंवा खोलाको पक्की पुल सबैभन्दा पहिले २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते पुनः बाढीले बगायो भने तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएसँगै हेंवा खोलामा डाइभर्सनको भरले यातायात र ढुवानीका साधन आउजाउ भइरहेको छ ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर