

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार तीन सय ४० रुपैयाँ थियो ।
Views: 80

