Aamsanchar

अलपत्र अवस्थामा भेटिएकी सुस्मिताको उद्धार

Author Image
आइतवार, साउन ११, २०८२

काठमाडौं –  काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।

ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो । उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

 

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर