Aamsanchar

थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी

Author Image
आइतवार, साउन ११, २०८२

काठमाडौं-  काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो । आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो ।

नगर प्रहरीसहित पुगेको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ । सँगै तार व्यवस्थापनको काम पनि भइरहेको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।

 

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर