काठमाडौं – काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो । स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको मेयर बालेन्द्र शाह(बालेन) को सचिवालयले जनाएको छ ।

व्यक्तिगत काम गर्ने क्रममा सडकमा फोहोर गरेपछि जरिवाना गराइएको सचिवालयले जनाएको छ ।

Views: 89

