Aamsanchar

मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध

Author Image
सोमवार, साउन १२, २०८२

पाँचथर – आइतबार अपराह्नदेखिको वर्षासँगै हेँवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ। ​हेँवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात प्रभावित भएको हो।

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशलकुमार बुढाथोकीले जानकारी दिए।

आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन्। मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो। त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बगेको थियो। भने तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज गत जेठ ३१ गते भाचिएपछि यो खोला डाइभर्सनका भरमा छ ।

पाँचथरसहित पहाडी जिल्लामा आइतबार अपराह्नदेखि निरन्तर वर्षा भइरहेको छ।

 

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर