Aamsanchar

‘ग्लोबल हिरो अवार्ड’बाट ज्ञानेन्द्र र कुलमान सम्मानित

Author Image
सोमवार, साउन १२, २०८२

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्।

ग्लोबल नेपालीद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान प्रदान गरिएको हो।

ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर ती व्यक्तिहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ। उक्त अवार्ड ग्रहण गरेपछि शाहीले यो अवार्ड सम्पूर्ण देश-विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता रहेको बताए।

‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश९विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो,’उनले भने,‘यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।’

कुलमान घिसिङले पनि अवार्ड पाएकोमा आभार व्यक्त गरे।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर