Aamsanchar

दाङमा सर्पको डसाइबाट प्रधानाध्यापकको ज्यान गयो

Author Image
सोमवार, साउन १२, २०८२

दाङ – दाङमा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । बिहान घरभित्रै सर्पले टोकेर राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकसमेत रहनुभएका यादवलाई सर्पले टोकेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

गर्मी बढेसँगै विशेषगरी तराई र मध्यहाडी क्षेत्रमा समेत सर्पले टोक्ने घटना बढेका छन् । गर्मीमा शीतल तथा आहाराको खोजी गर्दै सर्प घरभित्र आउने जोखिम धेरै रहेकोले सावधानी अपनाउनुपर्ने सर्प विज्ञ करनबहादुर शाह बताउनुहुन्छ । झ्यालमा जाली राख्न, सुत्नुअघि ओछ्यानमा सर्प भएरनभएको यकिन गर्न, झुल लगाएर सुत्न, घरभित्र सर्प बस्ने सम्भावित ठाउँलाई निगरानी गर्न शाहको सुझाव छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर