

काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट हराएका १६ जनाको परिवार खोज्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ।

हायु समुदायका उनीहरूले भत्ता बुझेपछि सम्पर्कविहीन भएका जनाइएको छ। उनीहरूको मोबाइल लोकेसन रामेछापमा देखिएपछि त्यता पनि प्रहरी टोली परिचालन गरेर खोजी जारी रहेको छ। उनीहरू शुक्रवारदेखि सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका थिए।

गएको बिहीवार (साउन ८) गते स्थानीय तहबाट लोपोन्मुख हायु समुदायले पाउने भत्ता बुझेपछि उनीहरू हराएका प्रहरीले जनाएको छ।

यसरी सम्पर्कविहीन हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जना छन्। उनीहरूले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए।
सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएका पाइएको जानकारी दिएका छन्।
Views: 231

