🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वासमा वृद्धि हुनेछ। तर त्यही आत्मविश्वास अहंकार नबनोस् भन्ने ख्याल गर्नुहोस्। आज गोप्य कुरा कसैसंग नबाड्नु उत्तम हुनेछ किनकि विश्वासपात्रले नै पीठ पछाडिबाट काम बिगार्ने प्रयास गर्न सक्छ।

👉 पारिवारिक स्थितिः सन्तान या आफन्तबाट शुभ समाचार प्राप्त हुने संकेत छ।
👉 स्वास्थ्यः ग्यास्ट्रिक वा टाउको दुख्ने समस्या देखिन सक्छ।
👉 करिअर÷अर्थः कार्यक्षेत्रमा संघर्ष भए पनि परिणाम सकारात्मक हुनेछ।

🔮 सुझावः श्री गणेशको पूजन गरी दिनको आरम्भ गर्नुहोस्।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन आर्थिक दृष्टिले शुभ छ। विगतमा गरेका लगानी लाभदायक हुन सक्छन्। पारिवारिक सम्पत्ति वा जग्गाजमिनको विवाद समाधान हुने सम्भावना छ।
👉 पारिवारिक स्थितिः बुवाआमा वा अग्रज व्यक्तिबाट आशीर्वाद प्राप्त हुनेछ।
👉 स्वास्थ्यः पुराना रोगमा सुधार आउँनेछ।
👉 करिअर÷अर्थः व्यापारमा वृद्धि हुने संकेत। नयाँ साझेदारी सोच्न सकिन्छ।
🔮 सुझावः तिल वा शुद्ध घ्यू प्रयोग गरी नागदेवताको पूजा गर्नु लाभदायक।
👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा अस्थिरता रहनेछ। बारम्बार विचार बदलिन सक्छ। भावनाले तपाईंलाई नियन्त्रणमा राख्न सक्छ, त्यसैले निर्णय गर्दा बौद्धिक विवेक प्रयोग गर्नुहोस्।
👉 पारिवारिक स्थितिः नजिकको नातेदार वा दाजुभाइसँग मतभेद हुनसक्छ।
👉 स्वास्थ्यः सुत्ने बानी बिग्रनाले थकान र चिडचिडापन हुन सक्छ।
👉 करिअर÷अर्थः नयाँ कार्य सुरु गर्न हतार नगर्नुहोस्, गहिरो अध्ययन आवश्यक छ।
🔮 सुझावः श्रीकृष्ण वा विष्णुको पूजन गर्नु राम्रो हुन्छ।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै समयदेखि रोकिएको काम बन्नेछ। आजको दिन आत्मबलले तपाईंलाई सफल बनाउनेछ। मान–सम्मान र प्रशंसा प्राप्त हुनेछ। प्रेमसम्बन्धमा मिठास आउनेछ।
👉 पारिवारिक स्थितिः घरमा नयाँ अतिथि आउन सक्छ।
👉 स्वास्थ्यः महिलाहरूलाई शारीरिक कमजोरी महसुस हुन सक्छ।
👉 करिअर÷अर्थः पेशागत उन्नति वा नयाँ अवसरको संकेत।
🔮 सुझावः सेतो फूल र दूध नागलाई चढाउनु शुभ।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक तनाव र निराशा आउन सक्छ। वरिष्ठ वा अभिभावकसँग असहज वार्ता हुनसक्छ, त्यसैले बोलीमा सावधानी अपनाउनुहोस्।
👉 पारिवारिक स्थितिः कुनै नजिकको सदस्यको स्वास्थ्यप्रति चिन्ता देखिन्छ।
👉 स्वास्थ्यः रक्तचाप, हाडजोर्नी वा पेटसम्बन्धी समस्या।
👉 करिअर÷अर्थः धैर्य आवश्यक छ, महत्त्वपूर्ण निर्णय केही दिन स्थगित गर्नु राम्रो।
🔮 सुझावः बिहान सूर्यलाई अर्घ दिनुहोस्।
🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन शिक्षारत वा अनुसन्धानरत व्यक्तिहरूका लागि अत्यन्त अनुकूल छ। कुनै प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। नयाँ प्रोजेक्टमा काम सुरु गर्न राम्रो समय हो।
👉 पारिवारिक स्थितिः भाइबहिनी वा छोराछोरीसँग सहकार्य बढ्नेछ।
👉 स्वास्थ्यः मानसिक तनाव घट्नेछ।
👉 करिअर÷अर्थः सहकर्मीको साथ सहयोग मिल्नेछ। दाम्पत्य सम्बन्धमा विश्वास बढ्नेछ।
🔮 सुझावः नागदेवतालाई कुश र दुबो चढाउनुहोस्।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाणीमा मिठास ल्याउन आवश्यक छ। कसैलाई नचाहँदा पनि चोट पुग्न सक्छ। ऋण वा आर्थिक बोझले मनमा चिसोपन ल्याउन सक्छ।
👉 पारिवारिक स्थितिः जीवनसाथीसँग कुरा गरेर मन हल्का बनाउनुहोस्।
👉 स्वास्थ्यः छाला वा रक्तसम्बन्धी समस्या हुन सक्छ।
👉 करिअर÷अर्थः पूरानो योजना कार्यान्वयनको चरणमा पुग्नेछ।
🔮 सुझावः कालो तिल दान गर्नु शुभ हुनेछ।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन शक्ति र दृढताले भरिएको हुनेछ। तपाईको नेतृत्व क्षमता देखिनेछ। निर्णय क्षमता बलियो हुनेछ। वैवाहिक प्रस्ताव वा नयाँ सम्बन्धको संकेत पनि देखिन्छ।
👉 पारिवारिक स्थितिः दिदीबहिनी वा आमासँग आत्मीय सम्बन्ध बलियो हुनेछ।
👉 स्वास्थ्यः स्नायुगत समस्या वा आँखा दुख्ने सम्भावना।
👉 करिअर÷अर्थः पुरानो क्रियाकलापबाट लाभ मिल्ने संकेत।
🔮 सुझावः नागपञ्चमीको व्रत पालना गर्नु राम्रो।
🏹 धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
धेरै समयदेखि तपाईले खोजिरहनु भएको अवसर अब प्राप्त हुनेछ। नयाँ विचार जन्मिनेछ, र सकारात्मक सोचले जीवन बदल्न सक्छ।
👉 पारिवारिक स्थितिः कुनै धार्मिक कार्यक्रममा सहभागी भइनेछ।
👉 स्वास्थ्यः सामान्य, तर खानपानमा ध्यान दिनु पर्छ।
👉 करिअर÷अर्थः प्रतिष्ठा बढ्ने, यात्रा वा तालिमको सम्भावना।
🔮 सुझावः गुरु या वरिष्ठको आशीर्वाद लिनुहोस्।
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै पनि कुरामा अत्यधिक प्रतिक्रिया नदेखाउनुहोस्। आज संयमता अत्यन्त आवश्यक छ। जागिरेहरूलाई अतिरिक्त जिम्मेवारी आउन सक्छ।
👉 पारिवारिक स्थितिः नजिकको नातेदारसँग मतभेद हुनसक्छ।
👉 स्वास्थ्यः मानसिक थकान, निद्रा कमी।
👉 करिअर÷अर्थः लगानी गर्दा सावधानी अपनाउनुहोस्।
🔮 सुझावः श्रीगणेशलाई दूर्वा अर्पण गर्नुहोस्।
⚱️ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन रचनात्मक कार्यमा सफलताको सम्भावना छ। प्रेम सम्बन्धमा मिठास र समझदारी देखिनेछ। विद्या र कला क्षेत्रमा रुचि बढ्नेछ।
👉 पारिवारिक स्थितिः रमाइलो भेटघाट वा भोजमा सहभागी भइनेछ।
👉 स्वास्थ्यः दाँत वा घाँटीको समस्या देखिन सक्छ।
👉 करिअर÷अर्थः वैदेशिक सम्भावना बलियो छ।
🔮 सुझावः गाईलाई हरियो घाँस खुवाउनु लाभदायक।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक रुचि बढ्नेछ। दान–पुण्यमा मन लाग्नेछ। पारिवारिक सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ। तपाईलाई कसैले अचम्मको सहयोग गर्न सक्छ।
👉 पारिवारिक स्थितिः घरमा आनन्द र उत्सवको माहोल बन्नेछ।
👉 स्वास्थ्यः शरीर हलुका र मन शान्त अनुभूति हुनेछ।
👉 करिअर÷अर्थः पुरानो सहकार्यबाट लाभ।
🔮 सुझावः जलमा केसर राखेर स्नान गर्नुहोस्।

