Aamsanchar

बिर्तामोडमा झापा साइक्लिङ क्लबको औपचारिक गठन, नेतृत्वमा आकाश श्रेष्ठ

Author Image
मङ्गलवार, साउन १३, २०८२

बिर्तामोड ।  झापाका साइकलप्रेमीहरू अब औपचारिक संरचनामा आबद्ध भएका छन्। बिर्तामोडमा आयोजित राइडरहरूको भेलाबाट ‘झापा साइक्लिङ क्लब’को स्थापना गरिएको छ।

साइकल यात्रा र पर्यटनलाई संस्थागत गर्दै क्लब गठन गरिएको हो, जसको अध्यक्षतामा आकाश श्रेष्ठ चयन भएका छन्। श्रेष्ठले विगत केही वर्षयता झापामा “झापा कोरा च्यालेन्ज” जस्ता साइकल अभियानहरू सञ्चालन गर्दै आएका थिए।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष प्रज्ज्वल बिमली, सचिव हिमाल खरेल, सहसचिव पूर्णबहादुर गौली र कोषाध्यक्ष मलिना शाक्य रहेका छन्। अन्य ८ सदस्यहरूमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई चयन भएका छन्।

हालसम्म झापामा छुट्टाछुट्टै रूपमा साइकल यात्राका गतिविधि हुँदै आएका थिए। तर अब भने समन्वित रूपमा कार्यक्रम गर्ने गरी क्लब गठन गरिएको क्लबले जनाएको छ।

“हामी केवल साइकल चढ्ने समूह होइनौँ, हामी पर्यटन, वातावरण र स्वस्थ जीवनशैलीको अभियानमा छौँ,” अध्यक्ष श्रेष्ठले भने, “अब क्लबको माध्यमबाट अझ व्यवस्थित ढंगले साइक्लिङलाई अघि बढाउने छौँ।”

नवगठित क्लबले झापाका विभिन्न स्थानमा साइक्लिङ ट्रेल निर्माण, साइकल यात्राका नियमित कार्यक्रम, र स्थानीय पर्यटन प्रवर्द्धनमा ध्यान दिने योजना अघि सारेको छ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर