Aamsanchar

पूर्वराष्ट्रपति भण्डारी सिङ्गै राष्ट्रको नेता भएकाले पार्टी कार्यकर्ता बनाउन नहुने एमालेको ठहर

Author Image
मङ्गलवार, साउन १३, २०८२

काठमाण्डौ – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको गरेको निर्णय मातहतका कमिटीलाई पठाएको छ ।

एमालेको अन्तरपार्टी निर्देशन (अपानि) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिङ्गै राष्ट्रको नेता भएकाले पार्टी कार्यकर्ता बनाउन नहुने उल्लेख छ ।

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ । सक्रिय राजनीतिमा आउनु हुँदैन सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’

गएको मङ्गलवार सकिएको नवौं केन्द्रीय कमिटी बैठकको निर्णय खुलाउँदै अपानिमा लेखिएको छ । अपानिमा भण्डारीको सदस्यता नवीकरणको प्रक्रिया नमिलेको पनि उल्लेख छ ।

पछिल्लो समयमा पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी शुरू भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेकोले अब यस विषयमा थप छलफल र बहस गरेर पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्न नहुने अपानिमा भनिएको छ ।

 

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर