Aamsanchar

जनकपुरधामा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या, दुई घाइते

Author Image
मङ्गलवार, साउन १३, २०८२

हेटौंडा – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् ।

कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो ।

२६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर