Aamsanchar

मधेसमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधान गर्न के गर्ने ?

Author Image
मङ्गलवार, साउन १३, २०८२

काठमाडौं – मधेस प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन् ।

मधेस लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाईँमा समस्या पर्दै आएको छ । यस कारण खाद्य सुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुख्खा स्थान अनुकुल खेती गर्नुपर्ने कृषि विज्ञ डा। कृष्ण पौडेलले बताए ।

ल्क्ष्ऋ ब्कष्ब द्यबललभच बम
काठमाडौंमा आयोजित जलवायु न्याय सम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताए ।

कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेको डिप बोरिङ बनाउने घोषणाले तराईलाई मरभूमी बनाउन सक्ने भएकाले वैकल्पिक उपायतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ति क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने बताए ।

यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताए ।

दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन समेत जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने वरिष्ठ अधिवक्ता चापागाईंको भनाई छ । सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरि महिलाहरु प्रभावित भएको बताइन् ।

सञ्चारीका समूह र एक्सनएडको संयुक्त अयोजनामा सो कार्यक्रम भएको हो ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर