

मोरङ- मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–४ की ३३ वर्षीया प्रकृति राईको करेन्ट लागेर मृत्यु भएको छ। साउन १२ गते बिहान आफ्नै घरको शौचालयमा रहेको विद्युत् तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार घटनाको बारेमा आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक जानकारीअनुसार शौचालयमा खुला अवस्थामा रहेको विद्युत् तारबाट करेन्ट लागेको आशंका गरिएको छ।

स्थानीय बासिन्दाले घटना दुःखद रहेको बताएका छन् भने प्रहरी प्रशासनले विद्युत् सुरक्षा सम्बन्धी सचेतना जरुरी रहेको उल्लेख गरेको छ।

Views: 42

