Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बुधवार, साउन १४, २०८२

काठमाडौं –  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२