Aamsanchar

हतियार प्रहार गरी एक वृद्धको हत्या, विरोधमा केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध

Author Image
बुधवार, साउन १४, २०८२

जनकपुरधाम –  सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका-११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।

आज बिहान ६ : २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८:२० बजे उनको मृत्यु भएको डीएसपी पासवानले बताए । उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर