Aamsanchar

एनआरएनए एनसीसी युएईका महासचिव वाग्ले निलम्बित

Author Image
बिहिवार, साउन १५, २०८२

युएई ।  नेपाल एसोसिएसन(एनआरएनए एनसीसीले महासचिव भुवन कुमार वाग्लेलाई पदमुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ३० जुलाई २०२५ का दिन कार्यसमितिको भर्चुअल माध्यमबाट बसेको बैठकको निर्णय अनुसार महासचिव वाग्लेलाई सङ्गठनका सम्पूर्ण जिम्मेवारी, पद र अधिकारबाट पूर्ण रूपमा मुक्त गरिएको उल्लेख गरिएको छ ।

अध्यक्ष विकास शाही द्वारा हस्ताक्षरित विज्ञप्तिमा वाग्लेले
सङ्गठनको कार्यपद्धति, आचारसंहिता, मर्यादा र जिम्मेवारीमा गम्भीर लापरवाही र अनुशासनहीन क्रियाकलापहरू गरेको आरोप लगाइएको छ । महासचिव वाग्लेले मुख्य रुपमा सङ्गठनमा देखिएको लापरवाही र असहयोग, सङ्गठन विरोधी गतिविधि र अभद्र भाषा प्रयोग, सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको र गम्भीर अनुशासनहीनता कार्य गरेको उल्लेख गरिएको छ ।

निलम्बित महासचिव वाग्लेले आगामी २४ अगष्ट २०२५ मा सम्पन्न हुन गैरहेको अधिवेशनलाई ६ बुँदे प्रतिवद्धता सहित २ दिन अघि अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी घोषणा थिए ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर