Aamsanchar

१२ कक्षाको नतिजा कहिले सार्वजनिक हुन्छ ?

Author Image
बिहिवार, साउन १५, २०८२

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो । ‘प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ । २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले गत २० चैत देखि २९ दिन आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर