

बिर्तामोड । झापा जिल्लाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्ट्यान्डबाट ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान प्रहरी टोलीले शंका लागी जाँच गर्ने क्रममा तीनवटा प्लास्टिकको पोकामा राखिएको अन्दाजी ३०० ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी जिल्ला सिन्धुली भिमान नगरपालिका–१० का २६ वर्षीय विनोद बिक र झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतोलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रित दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


Views: 290

